सुन्तला अड्किएर शिशुको ज्यान गयो



गुल्मी,मंसिर ७ । सुन्तला अड्किएर शिशुको ज्यान गएको छ । गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको हो ।

जिल्लाको मालिका गाउँपालिका –५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।  उनका अनुसार, मालिका गाउँपालिकाको छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला ठकुरी छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएकी थिइन् ।

बिहीबार दिउँसो साढे १ बजेको समयमा आमाछोरा घरको छतमा बसेर सुन्तला खानेक्रममा छोरा आयुषको घाँटीमा दुई केसरा सुन्तला अड्किएका थिए । श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो । उपचारका लागि अस्पताल ल्याइएकोमा उनलाई दिउँसो साढे २ बजेको समयमा अस्पतालले मृत घोषणा गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस्