नुवाकोट लिखुमा प्रथम अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता शुरु



नुवाकोट,मंसिर ८ । जिल्लाको लिखु गाउँपालिकामा प्रथम अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता शुरु भएको छ ।

नुवकोट जिल्ला भलिवल संघको आयोजनामा भएको प्रथम अन्तरपालिका स्तरिय विद्यालय छात्र भलिबल प्रतियोगिता को उद्घाटन अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले गरेका हुन् ।

शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको समापन यहीँ मंसिर १० गते हुनेछ । प्रतियोगितामा विभिन्न १० वटा स्थानीय तहका खेलाडीले सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष राईले बताए । विजेता टीमलाई नगद पुरस्कारको व्यवस्थापन गरिएको अध्यक्ष राईले बताए ।

प्रतिक्रिया दिनुहोस्