ट्याक्टर दुर्घटनामा एकको मृत्यु



पाल्पा,मंसिर ८ । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–५, कर्नेडाँडा बस्ने ४० वर्षीय चन्द्रबहादुर काम्मु रहेका छन् । 

शुक्रबार बेलुकी ४ बजेतिर पूर्वखोलाको कर्नेडाँडास्थित भित्री सडकमा लु ४ त ६५५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका काम्मुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्