रास्वपाको संगठन मधेस प्रदेशमा कमजोर : सभापति लामिछाने



रौतहट,मंसिर ९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले अन्य प्रदेशको तुलनामा मधेशमा संगठन कमजोर देखिएकाले त्यसलाई मजबुद बनाउन संगठन निर्माणमा लागेको बताए ।

रौतहटको विभिन्न कार्यक्रममा सहभागी हुन शनीबार बिहान चन्द्रनिगाहपुर आइपुगेका सभापति लामिछानेले चन्द्रपुुर नगरपालिका–४ मा रास्वपा चन्द्रनिगाहपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा सञ्चारकर्मीले राखेका प्रश्नको जवाफ दिदै सभापति लामिछानेले संगठन निर्माणलाई प्राथमिकतामा राखेर सात दिने अभियानमा मधेश प्रदेश प्रवेश गरेको बताए । पार्टी रणनीतिकरुपमा मधेश केन्द्रित भएको प्रष्ट पार्दै उनले नेता भ्रष्ट भएको कारण व्यवस्था नै खराब भएको भन्ने जनताले बुझेका रहेछन् भन्ने उदाहरण गत ७ गते काठमाडौंमा उत्रिएका जनताले पेश गरेको बताए ।

उनले भने, “मुुलुकमा विद्यमान् आर्थिक मन्दी तथा बैंक, सहकारी र लघुवित्त जस्ता वित्तीय संस्थाको चर्को ब्याजका शिकार भएका जनताले व्यवस्थाको विरोध गर्नु, आफ्ना कुरा राख्नु, आन्दोलन गर्नु भनेको प्रजातान्त्रिक मुलुकमा जनअधिकारको प्रयोग गर्नु हो । संविधान सम्बत हो ।”

प्रतिक्रिया दिनुहोस्