पूर्वराजासँग काङ्ग्रेस भिड्न तयार छः महामन्त्री थापा



काठमाडौं,मंसिर ९। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संवैधानिक व्यवस्था प्रयोग गरी निर्वाचन भिड्न आउन चुनौति दिएका छन् ।

शनिबार गुल्मीको ताम्घासमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वराजालाई च्याँखे नथाप्न र संवैधानिक व्यवस्थाको प्रयोग गरी व्यवस्था परिवर्तन गर्न चुनौति दिएका हुन् ।

‘जुवाको खालमा गएर च्याँखे दाउ थाप्ने होइन, सिधै खालमा भिड्न आए हुन्छ महाराज! कांग्रेस भिड्न तयार छ। जाने पार्टी खोल्ने, चुनाव लड्ने, संविधान बदल्ने, फेर्ने, व्यवस्था फर्काउने कांग्रेस यो कुराका लागि तयार छ,’–थापाले भने ।

प्रतिक्रिया दिनुहोस्