दुलही झैं सिंगारियो टोखा झोरको बौडेश्वर मन्दिर



काठमाडौं,मंसिर ९ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा अवस्थित बौडेश्वर मन्दिर दुलही झैं सिंगारिएको छ ।

यही कार्तिक शुक्ल चतुर्दशी अर्थात मंसिर १० गते साँझ लाग्ने मेलाको तयारी स्वरुप मन्दिर परिसर सिंगारिएको हो।

मन्दिर क्षेत्र आकर्षक तुल्याउन झिलिमिली बत्तीको सजावट गरिएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष किशोर अधिकारीले बताए ।

राजधानी काठमाडौं तथा आसपास क्षेत्रमा बौडेश्वर झरनाको नामले समेत परिचित यस मन्दिरमा आइतबार विविध धार्मिक प्रवचन तथा गायन हुने समितिका उपाध्यक्ष अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्