नुवाकोट पञ्चकन्याको बच्छला मन्दिरमा मेलाको भव्य तयारी



नुवाकोट,मंसिर १० । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा रहेको बच्छ्लादेवी मन्दिरमा मेलाको भव्य तयारी गरिएको छ ।

मेलाका लागि मन्दिर परिसरको सरसफाइ पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष माधब सिटौलाको नेतृत्वमा आइतबार हुँदैछ ।

हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशीको दिन मेला लाग्ने यस मन्दिर परिसरको ग्राउन्ड मिलाउन डोजरको प्रयोग गरिएको छ भने धारोपानी तथा भक्तजनको सुरक्षाका लागि बिजुुली बत्तीको ब्यवस्थापन गरिदैछ । मन्दिर क्षेत्रको पहिरो नियन्त्रण तथा मन्दिर पुनर्निर्माणका लागि केन्द्रिय सरकारबाट हाल ५० लाख रकम विनियोजन समेत भैसकेको अध्यक्ष सिटौलाले बताए ।

गाउँकी देवीको रुपमा प्रख्यात बच्छलादेवी मन्दिरमा पञ्चकन्या, लिखु, शिवपुरी लगायत विभिन्न क्षेत्रसहित राजधानी काठमाडौबाट समेत श्रद्धालु भक्तजनको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्