कालीगण्डकी नदीमा हाम फालेका युवकको उद्धार



तानसेन,मंसिर १० । कालीगण्डकी नदीमा हामफालेका एक युवकको उद्धार गरिएको छ ।

शनिबार साँझ ६ बजेतिर बगनासकाली –५, राम्दीस्थित कालीगण्डकी नदीमा हाम फालेका माथागढी –३, का २३ वर्षीय पदम विकको उद्धार गरिएको हो ।

युवकले आत्महत्या गर्ने उद्देश्यले नदीमा हाम फालेको प्रहरीले जनाएको छ । विकले नदीमा हाम फालेको देख्नासाथ नजिकै रहेको राम्दी प्रहरीको सहयोगमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । उद्धारपछि युवालाई आफन्तको जिम्मा लगाएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्