नुवाकोटमा भएको भलिबल प्रतियोगिताको प्रथम उपाधि दुप्चेश्वर गाउँपालिकालाई



नुवाकोट,मंसिर १० । नुवाकोटमा सम्पन्न अन्तर पालिका स्तरीय विद्यालय पुरुष भलिबल प्रतियोगिताको प्रथम उपाधि दुप्चेश्वर गाउँपालिकाले हात पारेको छ ।

त्यस्तै दोस्रो हुन सफल तादि गाउँपालिका र तेस्रो हुन सफल पन्चकन्या गाउँपालिकाको खेलाडी समूह रहेको छ। विजेता समूहले नगद पुरस्कार ५०, ३०, १५,१० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

यहीँ मंसिर ८ गतेदेखि नुवाकोट जिल्ला भलिबल संघ द्वारा चौघडामा सुरु गरिएको अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको समापन कार्यक्रम पुर्व मन्त्री एवं सङ्घीय सांसद हित बहादुर तामाङको प्रमुख उपस्थितिमा भएको छ । उद्घाटन सत्र भने अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्