प्रधानमन्त्री र एमाले अध्यक्षबिच समसामयिक राजनीतिक विषयमा छलफल
काठमाडौं,मंसिर १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
मङ्गलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा उनीहरूबिच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
सो अवसरमा उनीहरूबिच अहिले विभिन्न समूहले गरिरहेको प्रदर्शनबारे पनि कुराकानी भएको थियो । सो क्रममा अध्यक्ष ओलीले पुनर्निर्माण गरिएको सिंहदरबारको पश्चिम भेगको ग्यालरीको अवलोकन गरेका थिए ।

