वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत
काठमाडौं,मंसिर १२ । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्ने भएको छ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत गरेसँगै वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि बाटो खुलेको हो।
मन्त्रिपरिषद्को बैठकपछि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा तामाङले प्रदेश सरकारले नमूना वडा समाजवादी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १५ करोड रुपियाँ विनियोजन गरेको जानकारी दिए ।
उनका अनुसार मन्त्रीपरिषद् बैठकले प्रदेश सभा सचिवालय, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालयको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णयको छ।
साथै प्रदेश लेखा नियन्त्रण कार्यालय, प्रदेश लेखा एकाई कार्यालय र मुख्य न्यायाधीवक्ताको कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री तामाङले बताए ।
मन्त्रिपरिषद् बैठकले मानव बेचबिखन तथा ओसार पसारविरुद्धको बागमती प्रदेशस्तरीय संरक्षणसम्बन्धी नीति २०८० र बागमती प्रदेश बालबालिका सम्बन्धी नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।

