नेपालमै पहिलो समलिंगी विवाह दर्ता
लमजुङ,मंसिर १३। नेपालमै पहिलो पटक लमजुङमा समलिंगी विवाह दर्ता भएको छ ।
लमजुङको दोर्दी गाउँपालिका-२ का रामबहादुर गुरूङले नवलपरासी कावासेती नगरपालिका-८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको हो।
उनीहरुको बुधबार गाउँपालिकामै समलिंगीको विवाह दर्ता भएको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए ।
गाउँपालिकाले विवाह दर्ता गर्न नमानेपछि उनीहरुले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा उजुरी गरेका थिए ।
विभागले सर्वोच्च अदालतको आदेश अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो ।

