काठमाडौँका यी स्थानहरुमा आज विद्युत् सेवा अवरुद्ध हुने



काठमाडौँ,मंसिर १४ । काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । आज अर्थात मंसिर १४ गते काठमाडौँका केहि क्षेत्रमा विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

टेकू–स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरुमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । प्राधिकरणका अनुसार कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग र काराखुशीमा विद्युत आपूर्ति बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्