मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



काभ्रे,मंसिर १४ । काभ्रेपलान्चोकको रोशी गाउँपालिका –११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बीपी राजमार्गमा बिहीबार बिहान काठमाडौंबाट सिन्धुलि तर्फ जाँदै गरेको बाप्र २–०२४ प ४०९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा सोही दिशाबाट आउँदैगरेको बा ४ ख ७५१८ नम्बरको बसको पछाडिको भागको बायाँपट्टिको चक्काले ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने काठमाडौं महानगरपालिका – ११  बस्ने ६१ वर्षीया बिन्दा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । 

उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका –११ बस्ने  कामनपा ११  बस्ने ज्ञानराज गिरीको दाहिने हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते गिरीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । ठक्कर दिने बस र चालक तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय मङ्गलटारको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्