मकवानपुर मोटरसाइकल दुर्घटना: एकै परिवारका तीन जनाको मृत्यु
![](https://www.sajhapath.com/wp-content/uploads/2023/11/20231130_185723.jpg)
मकवानपुर,मंसिर १४ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा एकै परिवारको तीन जनाएको मृत्यु भएको छ ।
मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्रीसडक खण्डमा बिहीबार दिउँसो सुकौराबाट कान्ति लोकपथतर्फ आउँदैगरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल दुर्घटनामा परी बाबु, आमा र छोरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–२ कुर्लेपाखाका वर्ष ३५ का भीमबहादुर स्याङतान, मोटरसाइकल पछाडि सवार करिब ३४ वर्षीय रुपा स्याङ्तान र निजको करिब चार–पाँच महिनाकी छोरी रहेका छन् ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले आमा छोरी दुवै जनाको घटनास्थलमा र बाबुको उपचारका लागि भरतपुर लैजानेक्रममा मृत्यु भएको बताइएको छ ।