प्रधानमन्त्रीमार्फत जाजरकोट भूकम्पका प्रभावितलाई पर्यटन सञ्जालको सहयोग 



काठमाडौं,मंसिर १५। पर्यटनसँग सम्बन्धित संघसंस्थाको सञ्जाल ‘पर्यटनका लागि सँगसँगै’ले सोमवार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटी जाजरकोट भूकम्प पीडितका लागि राहत रकमका साथै राहत सामग्री हस्तान्तरण गरेको छ ।

पहिलो चरणमा होटल संघ नेपालको तर्फबाट १५ लाख ५६ हजार ८७८ रुपैयाँ र सदस्य होटल हिमालयको तर्फबाट थप ५ लाख रुपैयाँ बराबरको एक्रिलिक पन्चु ५०० थान र लाइभ सेभर वाटर फिल्टर १५ ओटा सहयोग गरिएको बताइएको छ । साथै स्कल नेपालको तर्फबाट ५ लाख रुपैयाँ बराबरको ब्लाङ्केट २४० थान, स्लिपिङ व्याग १०० थान, ह्विल चियर ५ थान, स्ट्रेचर ५ थान, प्रोटेक्टिभ सुट २० थान सामग्री सहयोग गरिएको छ ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज र टुरिष्ट बस एसोसिएसन अफ नेपाल लगायतका संस्थाले करीब ३० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गरिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्