नुवाकोटमा साहित्य महोत्सव हुने



नुवाकोट,मंसिर १५ । नुवाकोटमा साहित्य, पर्यटन तथा संस्कृति महोत्सव हुने भएको छ। साहित्य संगम नुवाकोटको आयोजनामा पहिलो पटक दुईदिने साहित्य महोत्सव हुन लागेको हो।

आउदो पुष १४ र १५ गते हुन गइरहेको महोत्सवमा देशभरका चर्चित साहित्य स्रष्टाको सहभागिता रहने बताइएको छ । साहित्य महोत्सवका बारेमा जानकारी दिन बिहिबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा संस्थाकी अध्यक्ष सुमित्रा पौडेलले महोत्सवमा दुई दर्जनभन्दा बढी साहित्यकारले विभिन्न प्रस्तुति रहने समेत बताइन्।

उनले महोत्सवको पहिलो दिन स्थानीय लाखे नाच, भजनबालन, कविता वाचन र गजल साँझ हुने बताइन् ।दोस्रो दिन नुवाकोट जिल्लाका पर्यटकीय स्थलहरुमा स्रष्टा तथा साहित्यकारहरूलाई भ्रमण,सम्मान र कार्यपत्र प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्