नुवाकोट शिवपुरी तामाङ राष्ट्रिय मुक्ति मोर्चाको प्रथम भेला सम्पन्न, अध्यक्षमा नाती तामाङ



नुवाकोट,मंसिर १५ । तामाङ राष्ट्रिय मुक्ति मोर्चा शिवपुरीको प्रथम भेला सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न भेलाले नाती तामाङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

कार्यसमितिको उपाध्यक्षमा कुमार तामाङ, कुमारी तामाङ,सचिवमा इन्द्रबहादुर तामाङ, सहसचिवमा रमेश तामाङ, कोषाध्यक्षमा डिल्लीबहादुर तामाङ, सह कोषाध्यक्षमा रामबहादुर तामाङ सहित २१ सदस्यीय कार्यसमिति रहेको छ ।

शिवपुरीको सेराबगरमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संघिय सांसद हितबहादुर तामाङ, अर्का नेता राजन गौतम लगायतको प्रमुख उपस्थिति रहेको थियोे ।

तादी मुक्तिमोर्चाका कार्यकर्ताहरुको भेलाले हिरो श्याम तामाङको अध्यक्षतामा २९ सदस्यीय गाउँसमिति गठन गरेको छ । त्यस्तै बेलकोटगढी नगरपालिकामा तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको भेलाले भिमबहादुर तामाङको अध्यक्षतामा १७ सदस्यीय नगरपालिका स्तरीय कार्यसमिति गठन गरेको छ ।

त्यस्तै शुक्रबार नै लिखु गाउँपालिकामा पनि तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको एक भेलाले श्यामबहादुर तामाङको अध्यक्षतामा १७ सदस्यीय गाउँ समिति गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्