८ लाख भारतीय रूपैयाँसहित दुई भारतीय नागरिक पक्राउ



काठमाडौँ,मंसिर १५ । अवैध रूपमा बाह्य मुलुकतर्फ लैजाने लागेको विभिन्न दरका गरी जम्मा ८ लाख भारतीय रूपैयाँसहित २ जना भारतीय नागरिक ३५ वर्षीय धर्मेद्र नागर र ४२ वर्षीय पंकज गुप्तालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बिसतारा एयरको उडानद्वारा दिल्ली जान लागेका उनीहरूलाई अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा धर्मेद्र नागरलाई ५ सय दरका ७ सय ५७ थान, दुई सय दरका २ सय ३० थाम र १ सय दरका ६ सय ७० थान गरी ४ लाख ९१ हजार ५ सय भारतीय रुपैयाँ र पंकज गुप्तालाई ५ सय दरका ६ सय १७ थान गरी ३ लाख ८ हजार ५ सय भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्‍यक अनुसन्धानको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्