गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु
काभ्रे,मंसिर १६ । धुलिखेल नगरपालिका वडा नम्बर ११ स्थित पात्लेखेतमा गाडीको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।
शनिबार बिहान भकुण्डेबेशीबाट काठमाडौं आउँदै गरेको प्र–१–०१–००१ च ८५९२ नं गाडीको ठक्करबाट स्थानीय यमुनाप्रसाद धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिएपछि घाइते भएका धिताललाई धुलिखेल अस्पताल लगिएको र निजको उपचारका क्रममा मृत्यु भएको हो ।
धिताल विन्धवासिनी सहकारीमा कार्यरत कर्मचारी रहेको बुझिएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

