नुवाकोट थानापति दलित मुक्ति मोर्चाको अध्यक्षमा मिजार



नुवाकोट,मंसिर १६ । नेकपा माओवादी केन्द्रको जनता सङ्ग माओवादी अभियान शिवपुरी गाउँपालिकामा तिव्र रुपमा अगाडि बढाइएको छ ।

यसैबीच शिवपुरी गाउँपालिका वडा नम्बर ८ दलित मुक्ति मोर्चा नेपाल गठन गरिएको छ । माओवादी केन्द्रका प्रखर युवा नेता राजन गौतम (नकुल) को प्रमुख उपस्तिथिमा भएको युवाहरूको भेलाले मोर्चाको अध्यक्षमा श्यामबहादुर मिजार चयन गरिएको छ ।

मोर्चाको उपाध्यक्ष राम बादुर मिजार, सचिवमा सूर्य बिक, सहसचिव सलिना मिजार र कोषाध्यक्षमा मनिषा बिकसहित १५ सदस्य वडा कमिटि गठन गरिएको माओवादी केन्द्र शिवपुरी गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्