सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार



काठमाडौँ,मंसिर १७ । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो समय निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको हो । साताको पहिलो कारोबारको दिन मै सुन हालसम्म कै उच्च भएको हो ।

विवाहको सिजन मै सुन मूल्य आकाशिएसँगै उपभोक्तालाई मार परेको छ । आज एकै दिन सुन तोलामा १८ सय रुपैयाँले बढेको हो । आइतबार छापावाला सुनको मूल्य एक लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी आज तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्