रथ हाँक्ने घोडा र पांग्रा निजी क्षेत्र नै हो, सरकार गतिलो चालक भएनः पौडेल



काठमाडौँ,मंसिर १७। नेपाल उद्योग वाणिज्य महासंघका केन्दीय कार्यकारिणी सदस्य तथा राजस्व समिति सभापति अम्बिकाप्रसाद पौडेलले रथ हाँक्ने घोडा र पांग्रा निजी क्षेत्र नै भएको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकार र निजी क्षेत्र एकै रथका दुई पांग्रा भए पनि रथ हाँक्ने घोडा र पांग्रा निजी क्षेत्र नै भएकाले सरकार केबल चालक मात्रै भएको उनको भनाइ छ । यदी चालक गतिलो भएन भने सही गन्तव्यमा पुग्न नसकिने पौडेलले बताए ।

पौडेलले व्यवसायीको डेढ खर्ब पैसा सरकारले चलाएको भन्दै अर्बाैं रुपैयाँ भ्याट फिर्ता नगरेको गुनासो गरे । ‘डेढ खर्ब रुपैयाँ व्यवसायीको पैसा सरकारले चलाएको छ, व्यवसायीले बक्यौता तिर्न बाँकी छ भनेर सरकारले भन्दैआएको मात्र छ, तर ५ वर्षको एडभान्स कर सरकारले फिर्ता गरेको छैन,’ उनले भने, ‘निर्माण व्यवसायीको करोडौं भुक्तानी गरेको छैन । व्यवसायीलाई भने एक दिन कर तिर्न ढिला भयो भने पेनाल लगाइन्छ ।’

प्रतिक्रिया दिनुहोस्