अफवाह फैलाउने १८ युट्युव च्यानललाई कारबाही



काठमाडौं,मंसिर १७ । प्रेस काउन्सिल नेपालले दर्ता, सूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने १८ युट्युव च्यानललाई कारबाहीका लागि सिफारिश गरेको जनाएको छ । 

निराधार, अतिरञ्जित शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने,  कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गर्नेलाई कारवाहीका लागि सिफारिस गरिएको काउन्सिलले जनाएको छ ।मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गरिएको  काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिए । 

मिडिया अन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्था बमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्