नेत्रविक्रम चन्द विप्लव विरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौँ,मंसिर १८ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई प्रक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले विप्लवसहित उच्च नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मंसिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको हो ।

अन्य नेताहरूमा खड्गबहादुर विश्वकर्मा, अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्