विप्लवसहित नेताहरूविरूद्व पक्राउ पुर्जी जारी भएको विरोधमा तीनदिने आन्दोलन घोषणा
काठमाडौं,मंसिर १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहित चारजना नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा पार्टीले आन्दोलनको घोषणा गरेको छ ।
काठमाडौं जिल्ला अदालतले महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
पार्टीले आज विज्ञप्ति जारी गर्दै तीनदिने आन्दोलनको घोषणा गरेको हो । आन्दोलनअन्तर्गत मंगलबार मसाल जुलुस, बुधबार न्यायाधीशको पुतला दहन र आउँदो बिहीबार देशव्यापी प्रदर्शन गरिने जनाइएको छ ।


