छातीमा समस्या भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना
काठमाडौं,मंसिर २० । छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । उनको निजी सचिवालयका अनुसार मंगलबार राति छातीमा असहज महसुस भएपछि गृहमन्त्री श्रेष्ठलाई शहीद गंगालाल हृदयरोग केन्द्रमा लगिएको हो ।
अस्पतालमा गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ । सचिवालयका अनुसार उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो ।
यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको सचिवालयले जनाएको छ । अहिले उनको स्वास्थ अवस्था स्थिर रहेको सचिवालयले जानकारी दिएको छ ।

