यू–१९ एसिया कप खेल्न नेपाली टोली यूएई प्रस्थान



काठमाडौँ,मंसिर २० । एसीसी यू–१९ एसिया कप खेल्न नेपाली युवा टोली संयुक्त अरब इमिरेन्ट्स (यूएई) प्रस्थान गरेको छ। एसिया कपपछि नेपालले यू–१९ विश्वकप खेल्नेछ।

एसिया कपमा नेपाल रहेको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र युएईछन्। नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर २२ मा दुबईको आइसिसी एकेडेमी ओभल २ मा खेल्नेछ। दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ।

एसिया कप खेल्ने नेपाली टोली

देव खनाल (कप्तान),अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।

प्रतिक्रिया दिनुहोस्