नेपाली नागरिकलाई भारतीय कागजात बनाइदिने तीन जना पक्राउ



काठमाडौं,मंसिर २० । काठमाडौँ उपत्यकाभित्रका क्यासिनोहरुमा प्रवेश गर्न भारतीय कागजात बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार स्थायी घर दोलखा मेलुङ गाउँपालिका ३ भई हाल काठमाडौँ बुढानीलकण्ठ बस्ने ४७ वर्षीय गोविन्द खड्का, ओखलढुङ्गा घर भई हाल ललितपुर बस्ने ३९ वर्षीय नवीन राई र रुपन्देही घर भई हाल काठमाडौँ तारकेश्वर बस्ने २५ वर्षीय विनोद न्यौपानेलाई पक्राउ गरिएको छ ।

उनीहरूले क्यासिनो प्रवेश गराइ खेलाउने प्रयोजनका लागि नेपाली नागरिकको भारतीय कागजात बनाइदिने गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्