‘उत्पादनमा नलाग्दा देशमा रोजगारीको अवसर गुम्दै गएको छ’



दोलखा,मंसिर २१। बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले उत्पादनमा नलाग्दा देशमा रोजगारीका अवसर गुम्दै गएको बताएका छन् । उत्पादन नगर्ने तर हरेक वस्तु बाहिरबाट आयात गर्ने गरेकाले देशमा रोजगारकिो अवसर गुमेको उनको भनाइ थियो। उनले जनैदेखि सियो–धागोसम्म पनि विदेशबाट ल्याउने गरेकाले नेपालकाे आर्थिक अवस्था बिग्रँदै गएको बताए । 

सदरमुकाम चरिकोटमा दोलखा जिल्ला निर्माण व्यवसायी सङ्घले आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री लामाले आर्थिक सङ्कटको प्रमुख कारण विदेशी वस्तुमा रमाउँदा र स्वदेशमा कामको सम्मान पनि नहुँदा समस्या उत्पन्न भएको बताए । उनले राज्यबाट विनियोजित रकम यो सरकारको त हो नि भन्ने मानसिकता तल्लो तहसम्म हुँदा देश कङ्गाल हुन लागेको उल्लेख गरे ।  

क्रसर उद्योग सञ्चालनमा ल्याउन गरिएको मागमा मन्त्री लामाले क्रसर खोल्न पाउने विभिन्न प्रावधान रहे पनि विदेशी नीतिको नक्कल गरेकै कारण देशका क्रसर सञ्चालनमा नआएको बताए । 

देशको भौगोलिक बनावटका आधारमा क्रसर सञ्चालन नीति बनाउनुपर्नेमा त्यो नहुँदा समस्या उत्पन्न भएको उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्