सुनको मूल्य सामान्य बढ्यो, प्रतितोला कति ?



काठमाडौँ,मंसिर २१ । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्