वायु सेवा निगमको जहाज खरिदका लागि ३ कम्पनीको आवेदन
काठमाडौँ,मंसिर २१। नेपाल वायुसेवा निगमले तीन वटा जहाज खरिद गर्न आह्वान गरेको बोलपत्रमा तीनवटा कम्पनीको आवेदन परेको छ ।
लेट ४१०, डोर्नियर र ट्विनअटर गरी तीन वटा जहाज उत्पादक कम्पनीको प्रस्ताव आएको हो । निगमले गएको कात्तिक ५ गते ४५ दिने सार्वजनिक सूचना निकालेर तीन वटा जहाज खरिदको अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो ।
निगमसँग अहिले दुई वटा ट्वीअटर जहाज छन् ।