तीनपिप्लेदेखि नुवाकोटको रानीपौवा जोड्ने सडक निर्माणका लागि टेन्डर खुल्यो



नुवाकोट,मंसिर २२ । पासाङ ल्हामुमार्गको बालाजु-त्रिशूली सडक अन्तर्गतको तीनपिप्लेदेखि नुवाकोटको रानीपौवा पुग्ने खण्ड निर्माणका लागि टेन्डर खुलेको छ ।

तीनपिप्लेदेखि रानीपौवासम्मको १४ किलोमीटर सडक कालोपत्रका लागि बिहीबार टेन्डर आह्वान गरिएको हो । ठेक्का दुई वर्षभित्र सक्नुपर्ने सम्झौता गरिएको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ।

यो सडकलाई राष्ट्रिय योजना आयोगको प्रस्तावमा अर्थ मन्त्रालयले गत कात्तिक २० गते १ अर्ब ३३ करोड २ सय ६८ रुपैयाँ स्रोत सुनिश्चितता गरेको छ । सरकारले चालू आर्थिक वर्षको बजेट भाषणमा ५० करोड रूपैयाँ उक्त सडकका लागि बजेट विनियोजन गरेको थियो ।

उता जिल्लाकै गंगटे-लब्धु-समुन्द्रटार-गोल्फुभन्ज्याङ सडकलाई पनि अर्थ मन्त्रालयले मन्त्रालयले सोमबार १ अर्ब २० करोडको स्रोत सुनिश्चितता गराएको छ । अब केहि समयभित्र ठेक्का हाल्ने तयारी सडक डिभिजनको रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्