१ बोतल पानी ४० रुपैयाँमा बेचेपछि काठमाडौँ महानगरपालिकाद्वारा १० हजार जरिवाना
काठमाडौँ,मंसिर २२ । काठमाडौँ महानगरपालिकाले एक बोतल पानी ४० रुपैयाँमा बेच्नेलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
ट्राफिक प्रहरीलाई एक बोतल पानीको ४० रुपैयाँ लिएको भन्दै वडा नम्बर २८ का सजन गोठलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो ।
ट्राफिक प्रहरीले महानगरमा उजुरी दिएपछि जरिवाना गराइएको हो। तोकिएको मूल्यभन्दा बढी लिएको पाइएपछि जरिवाना गरिएको महानगरले जनाएको छ ।