नेपाल–बंगलादेश विद्युत व्यापार: ४० मेगावाट बिजुली खरिद गर्न बंगलादेश सरकारले दियो स्वीकृति



काठमाडौं,मंसिर २२ । नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्न बंगलादेश सरकारले स्वीकृति दिएको छ ।

बंगलादेशको आर्थिक मामिला हेर्न मन्त्रीपरिषद कमिटिले नेपालबाट सो बराबरको विद्युत खरिद गर्न स्वीकृति दिएको हो । तर, विद्युत खरिद (आयात) गर्दा तिर्नुपर्ने रकम भने निर्धारण भएको छैन ।

नेपाल र बंगलादेशबीच विद्युत निर्यात सम्वन्धी केही महिना २५ बुँदे सहमति भएको थियो । बंगलादेशले भारतको पावर ग्रिडको प्रयोग गरेर नेपालबाट विद्युत लग्ने छ ।

बंगलादेशले नेपालबाट ५०० मेगावाट विद्युत खरिद गर्ने योजना अघि सारेको छ । नेपालले हाल भारतसँग विद्युत खरिद गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्