तथ्याङ्कहरु हेर्दा अर्थतन्त्र सुधार, तर नागरिकमा आशाको सञ्चार हुन सकेनः प्रधानमन्त्री



काठमाडौँ,मंसिर २२। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तथ्याङ्कहरु हेर्दा अर्थतन्त्र सुधार भएको देखिए पनि नागरिकमा आशाको सञ्चार हुन नसकेको बताएका छन् । काठमाडौँमा आयोजित ’रेस्पोन्सिबल बिजनेस समिट’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘तथ्याङ्कहरूमा हेर्दा अर्थतन्त्र सुधार हुँदै गएको देखिन्छ । तर व्यवहार र आमनागरिकमा आशाको सञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति हामी सबैको अगाडि विद्यमान छ उनले भने, अर्थतन्त्रमा केन्द्रित रहेर बृहत् बैठक र केही नयाँ घोषणा गर्ने तयारी भइरहेको जानकारी दिन चाहन्छु।

प्रधानमन्त्रीले शासकीय सुधार गरी अर्थतन्त्रमा समेत सुधार ल्याउनु अहिलेको अवश्यकता रहेको उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्