त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित घले पक्राउ



काठमाडौं,मंसिर २२ । बिहीबार राती दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका एक व्यक्ति १४ किलोग्राम सुन सहित प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले पक्राउ गरेको छ ।

गोरखा वारपाकका चन्द्र घले सुन सहित जहाजबाट अवतरण हुने क्रममा पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी कबेर कडायतले बताए। 

 घले फ्लाइ दुबईको फ्लाइटबाट काठमाडौँ उत्रेका थिए । डिआइजी कडायतका अनुसार सुन सहित पक्राउ परेका व्यक्ति भन्सार विभागलाई थप कारवाहीका लागि बुझाई सकिएको जनाएको छ । शरीरमा लुकाएर ल्याएको अवस्थामा  घले पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्