हेटौंडामा बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते



हेटौंडा,मंसिर २२ । मकवानपुरको हेटौंडामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

शुक्रबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ को रातोमाटेमा पथलैयाबाट भरतपुर तर्फ जाँदै गरेको ना ४ ख ९५२० नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको ना ५३ प ८५२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ दुर्घटनामा मोटरसाइकलको पछाडी सवार बाराको जितपुर सिमरा-१२ बस्ने ३२ वर्षीया निशा कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा गम्भीर चोट लागेको उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा निशाकी श्रीमान  मोटरसाइकल चालक ४३ वर्षीय रोशन कुमार रायको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्