रसुवागढी नाकाबाट आएको दुई किलो सुन नागढुंगामा बरामद, ३ जना पक्राउ



काठमाडौं,मंसिर २२। रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट २ किलो सुनसहित तीन जना पक्राउ परेका छन्।

उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले नागढुंगा नाकामा चेकजाँचका क्रममा तीन जनालाई दुई किलो सुनसहित पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन्। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । उनका अनुसार, यो सुन रसुवा नाकाबाट काठमाडौं तर्फ ल्याइँदै थियो ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए ।  गएराति मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएको १४ किलो सुन बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्