चीनको सिआन सिटीले भरतपुरलाई दियो १० किलोमिटर टाढाका दृश्य कैद गर्नसक्ने एआई क्यामरा 



चितवन,मंसिर २४ । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै चीनको सिआन सिटीले एआई प्रविधि जडित तस्वीर र दृश्य कैद गर्ने उच्चस्तरीय क्यामरा (साइडबोट) उपलब्ध गराएको छ । सिआन सिटीका प्रतिनिधिले महानगरपालिकाकी मेयर रेनु दाहाललाई उक्त क्यामरा हस्तान्तरण गरेको हो ।

पर्यटकीय पूर्वाधारको लागि उपयोगी मानिने उक्त क्यामराले १० किलोमिटर टाढाका दृश्यलाई सजिलै कैद गर्नसक्ने महानगरपालिकाले जनाएको छ ।  एआई उपकरणको सहयोगले कुनै पनि दृश्यको बारेमा सजिलै जानकारी दिन बिशेष क्षमता हुन्छ  । यसले आँखाले नदेख्ने दृश्यलाई पनि सजिलै कैद गर्न सक्नेछ ।

चेम्बर अफ कर्मसका सेक्रेटरी डा. उ जिन र कग्निसर कम्पनीले भरतपुरको उपकरण राख्न सकिने पर्यटकीय स्थानमा सर्वे गर्ने जनाईएको छ  । बाँकी स्थानमा आवश्यक थप उपकरण ल्याउने छ । भ्रमण वर्षमा आउने पर्यटकले यो उपकरणको प्रयोगबाट नयांँ अनुभव गर्न सक्नेछन  ।

कम्पनीका अनुसार भरतपुरको पर्यटकीय गतिविधि यो उपकरणको सहयोगबाट विश्वभर प्रसारप्रसार गर्न सकिनेछ । भरतपुर महानगरपालिका भित्र मात्र  प्रमुख ७ पर्यटकीय गन्तव्यसहित ३ दर्जन पर्यटकीय स्थान छन् ।

प्रतिक्रिया दिनुहोस्