यू–१९ एसिया कपः अफगानिस्तानसँग नेपाल पराजित



काठमाडौँ,मंसिर २४ । एसिसी यू १९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। आइतबार अफगानिस्तानसँग नेपालले ७३ रनको हार बेहोरेको हो।

अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १८८ रनमा अलआउट भएको हो। नेपालका लागि ओपनिङ ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरे पनि नेपाललाई जित दिलाउन भने सकेनन्। अन्तिम विकेटको रुपमा आउट हुनुअघि अर्जुनले ९१ रन जोडे। उनले १०८ बल खेल्दा १३ चौका प्रहार गरेका थिए।

उत्तम मगर ४ रनमा र आकाश त्रिपाठी शून्यमा आउट भए। दुवैलाई अफगानिस्तानका मारूखीले एलबिडब्लूको धरापमा पारेका थिए। यस्तै गुल्सन झा १७ र दिपेश कँडेल ११ रनमा आउट भए भने यस्तै सुवास भण्डारी ८ र हेमन्त धामी शून्यमा पेभिलियन फर्के। त्यसअघि कप्तान देव खनाल २४ रन जोडेर आउट भए। उनले ३७ बल खेल्दा १ चौका प्रहार गरे।

प्रतिक्रिया दिनुहोस्