चितवनमा विद्यार्थी लक्षित जीवनपयोगी शैक्षिक मेला हुँदै



चितवन,मंसिर २६। चितवनमा विद्यार्थीलाई लक्षित गर्दै जीवनपयोगी व्यवहारिक ज्ञानसहितको शैक्षिक मेला हुने भएको छ । भरतपुर महानगरपालिका–१२ स्थित ग्रिनल्याण्ड पब्लिक स्कुलको आयोजनामा मंगलवार भरतपुरमा पीबीएल मेला ‘प्रोजेक्ट बेस लर्निङ मेला–२०२३’ आयोजना गर्न लागिएको हो । विद्यार्थीले सैद्धान्तिक शिक्षासँगै जीवनपयोगी, व्यावहारिक र नवप्रवर्द्धनसँग जोडिने खालका सृजना मेलामा प्रदर्शन गरिने आयोजकको भनाइ छ । 

स्कुलकी प्राचार्य इन्दिरा कार्कीले विद्यार्थीलाई किताबी ज्ञानमात्र नदिई उनीहरूको जीवनका लागि चाहिने आधारभूत जीवनपयोगी ज्ञान दिन यो शैक्षिक मेला आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘यस मेलापछि विद्यार्थीले शीप, संंस्कार, जीवन र जीविकाबारे व्यवहारमा परिवर्तन ल्याउन सक्ने हाम्रो अपेक्षा छ ।’

मेलामा विद्यार्थीले ८४ ओटा चुनिएका सिकाई र सृजनालाई प्रदर्शनमा राखिने बताइएको छ । अभिभावक, शैक्षिक सरोकारवाला लगायत अवलोकनकर्ता रहने मेलामा विद्यार्थीले आफ्ना उत्पादन र सृजनालाई मेलामा विक्री गरेर आम्दानी गर्न समेत सकिने कार्र्कीले जानकारी दिइन् । मेलामा विद्यार्थीले दुनाटपरी, बटारिएको धुप, चित्रकला, खानाका परिकार लगायत विज्ञान प्रविधिका स्टल रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्