यू–१९ एसिया कप क्रिकेटः नेपालले भारतसँग खेल्दै



काठमाडौँ,मंसिर २६ । यू–१९ एसिया कप क्रिकेटमा नेपाल र भारतबीच खेल भैरहेको छ। जारी लिगमा नेपालले आफ्नो तेस्रो खेल भारतसँग खेल्न लागेको हो।

समूह ‘ए’ मा रहेको नेपालले यसअघिका आफ्ना दुबै खेलमा पराजय भोगिसकेको छ। नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको हो।त्यसकारण पनि आजको खेलमा जित हात पार्ने लक्ष्यसहित मैदान उत्रने छ। नेपाल र भारतबीचको खेल बिहान ११ः १५ बजे सुरु भएको हो ।

४ टोली सहभागी समूह ‘ए’ मा पाकिस्तान शिर्ष स्थानमा रहेको छ भने भारत दोस्रो स्थानमा रहेको छ। हालसम्मको अवस्थामा ४ वटै टोलीले समान २/२ खेल खेलेका छन्। जसमा पाकिस्तानले दुबै खेलमा जित हात पारेको छ भने भारत एकमा जित र एकमा पराजित भएको छ।

प्रतिक्रिया दिनुहोस्