नुवाकोटको बट्टारमा सामुदायिक विद्यालयका शिक्षकलाई तालिम



नुवाकोट,मंसिर २६ । जिल्लाको विदुर नगरपालिकास्थित बट्टारमा दुई दिने शिक्षक तालिम शुरू भएको छ ।

बट्टारस्थित होटल दरबार भ्यूमा शुरु भएको तालिममा जिल्लाका लिखु, ककनी र तादी गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयका २४ जना शिक्षकको सहभागिता रहेको छ।

रुम टु रिड र रुडेक नेपालको सहयोगमा भएको तालिमलाई चर्चित प्रशिक्षक एकराज कोइरालाले प्रशिक्षण दिएका छन् । पछिल्लो समय रुम टु रिड र रुडेक नेपालले नुवाकोटका विभिन्न सामुदायिक विद्यालयमा बालबालिकाको शैक्षिक स्तर वृद्धिका लागि भाषा शिक्षण, पुस्तकालय व्यवस्थापन जस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्