चिवाभञ्ज्याङ पुग्यो एमाले टोली, अध्यक्ष ओलीले झन्डोत्तोलन गरि संकल्प यात्रा समापन गरिने



काठमाडौं,पुस १ । नेकपा एमालको टोली आज चिवाभञ्ज्याङ पुगेको छ । गत मंसिर १४ गतेदेखि एमालेले सुरु गरेको सृमद्धिका लागि संकल्प यात्रा आज चिवाभञ्ज्याङमा पुगेर समापन हुँदैछ ।

आइतबार नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरको चिवाभञ्ज्याङ र भारतको सिक्कम सिमाना राष्ट्रिय झन्डोत्तोलन गरि संकल्प यात्रा समापन हुँदैछ ।

यसअघि मंसिर १४ गते एमालेले बैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डोत्तोलन गर्दै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ गरेको थियो । करिव तीन साताको मध्यपहाडी लोओलीले सूर्य–चन्द्र अङ्कित राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर संकल्प यात्राको शुभारम्भ गरिएको थियो ।

यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान गरि अघि बढ्ने अपेक्षा गरिएको छ । यात्रामा सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गरिएको थियो । प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्व र सान्दर्भिकता लगायतका विषयमा बहस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्