यू–१९ एसिया कपको उपाधि बंगलादेशलाई



काठमाडौँ,पुस १। यूएईमा सम्पन्न भएको एसीसी यू १९ एसिया कपको उपाधि बंगलादेशले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक यूएईमाथि १९५ रनको विशाल जित निकाल्दै बंगलादेशले पहिलो पटक उपाधि हात पारेको हो ।

बंगलादेशले दिएको २८३ रनको विशाल लक्ष्य पछ्याएको यूएई २५ ओभरमा मात्र ८७ रन बनाउदै अलआउट भयो । बलिङतर्फं बंगलादेशका मारुफ मृधा र रोहनत डौल्लाह बोर्सनले समान ३ तथा इकबाल हुसेन इमनले २ विकेट लिए ।

यसअघि टस हारेर सुरुवातामा ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८३ रनको विशाल योगफल प्रस्तुत गरेको थियो ।

बंगलादेशले सेमिफाइनलमा भारतलाई र यूएईले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्