बलत्कारको आरोपमा माओवादी नेता पक्राउ



काठमाडौं,पुस । बलात्कारको आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त, बानेश्वरमा परेको जाहेरीका आधारमा देवकोटालाई केही दिन अगाडी पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए । उनीमाथी जवरजस्ती करणीको मुद्धा चलाइएको छ ।

पेप्सिकोलास्थित देवकोटाको घरमा पहिले बसेकी १७ वर्षीया किशोरीले देवाकोटाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । आफ्नै संरक्षणमा राखेर एक वर्षदेखि जबरजस्ती करणी गर्दै आएको जाहेरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्