एमाले नेतृत्वमा नआएसम्म देशको समस्या समाधान हुँदैन : ईश्वर पोखरेल



इलाम ,पुस २ । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी भएको बताएका छन् ।

सोमबार नेकपा एमाले इलामको सूर्योदय नगर कमिटीले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पोखरेलले देशको स्थायित्व र समृद्धिको लागि नेकपा एमाले नेतृत्वको सरकार आवश्यक पर्ने बताए । ‘जहिलेसम्म नेकपा एमाले नेतृत्वमा आउँदैन त्यहिलेसम्म देशको समस्या समाधान हुँदैन’, पोखरेलले भने । एमाले बाहेक अरू पार्टीले समृद्धिको नेतृत्व गर्न नसक्ने पोखरेलले बताए । मुलुकको समृद्धिको लागि नेकपा एमालेले योजनाबद्ध रूपमा काम गर्ने उनले प्रष्ट पार्नुरे ।

मुलुकका सामु धेरै समस्या भएको बताउँदै पोखरेलले एमालेले मात्र ती समस्या समाधान गर्न सक्ने बताए । राजनीतिक स्थायित्व र आर्थिक, सामाजिक विकासको लागि देशको नेतृत्व नेकपा एमालेले नै लिनु पर्ने उनको भनाइ छ । एमालेले मुलुक र जनताका समस्यामा आधारित भएर काम गर्न चाहेको उनले स्पष्ट पारे ।

देशका समस्या समाधान गर्दै मुलुकमा आर्थिक विकास गरी समृद्ध मुलुक बनाउने चाहना नेकपा एमालेको भएको उनले बताए । एमाले बाहेक कुनै पनि पार्टीले यो मुलुकको समृद्धिको नेतृत्व गर्न नसक्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्