एनसेल खरिद–बिक्री सहज नलागेकै कारण अध्ययन समिति बन्यो, जो कोहीलाई कारबाही हुन्छः प्रधानमन्त्री



काठमाडौँ,पुस ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक रहेको बताएका छन् । सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

एनसेलको वैदेशिक लगानी शेयर खरिद–बिक्री, कर राजस्व, विदेशी मुद्रा सटहीसमेतको विषयमा प्रमाण तथा कागजात सङ्कलन भइरहेको उनले बताए । अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्रतिवेदन प्राप्त भएपछि त्यसको आधारमा आवश्यक कदम चाल्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले एनसेल प्रकरणमा कतै, कसैबाट कानुन विपरीतका काम कारबाही भएको पाए कानुनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्रीले एनसेलको शेयर खरिद–बिक्री सहज नलागेकै कारण सरकारले अध्ययन समिति बनाएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्