यस्तो छ देशभरको मौसम पूर्वानुमान



काठमाडौं,पुस ४ । पश्चिमी वायुको प्रभावका कारण अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । मौसमविज्ञान विभागका अनुसार मौसम सफा रहे पनि तापक्रम भने घट्दो क्रममा छ । जसका कारण चिसो बढेको छ ।

मौसमविज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको हो ।

उनका अनुसार उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस पुगेको छ । यो बिहान ६ बजे मापन भएको हो । दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने उनको भनाइ छ । दिउँसोको न्यूनतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियसभित्र रहनेछ ।

तत्काल पानी पार्ने प्रणाली विकास हुने सम्भावना नरहेको उनी बताउँछन् । अझै केही दिन चिसो बढ्ने भएकाले सुरक्षा अपनाउन उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्